तामाङ समुदायका एकजनालाई मन्त्री बनाउछु: प्रधानमन्त्री प्रचण्ड

418 पटक पढिएको

२७ माघ २०८०, शनिबार १७:३० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा गर्नुभएको छ ।

सोनाम ल्होछारको अवसर पारेर आज शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्रीले सोनाम ल्होछारका लागि सरकारले वर्ष सहयोग गर्ने आश्वासन दिनुभयो । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहोर्‍याउनुभयो ।