खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके पलायन हुनबाट रोक्न सकिन्छ: ओली
366 पटक पढिएको
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
आज सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले राम्रा खेलाडीहरुका लागि बाहिर अवसर धेरै रहेकाले पलायनको अवस्था आएको बताउनुभयो।
उहाँले नेपालले नै अन्तर्राष्ट्रियस्तरका खेलहरु जितेर भविष्यका लागि राम्रो गर्न आवश्यक रहेको बताउनुभयो ।







