०८१ सालमा दशैंको टीका असोज २६ गते

442 पटक पढिएको

४ फाल्गुन २०८०, शुक्रबार १६:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौं। आगामी २०८१ सालमा नेपालीहरुको महान चाड बडा दशैं असोज १७ गतेबाट सुरु हुने भएको छ।सरकारले आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै बडादशैंको टीका असोज २६ गते परेको जानकारी दिएको छ।

यसपटक २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ।

यसैगरी, तिहारको भाइटीका कात्तिक १८ गते परेको छ। यस्तै, तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।