सुन तस्करी प्रकरणमा जीवनकुमार गुरुङ पक्राउ

350 पटक पढिएको

१४ फाल्गुन २०८०, सोमबार १३:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौं ।  सुन तस्करी प्रकरणमा  प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई आज बिहान काठमाडौंको सामाखुशीबाट गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

गत मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा गुरुङलाई प्रतिवादी बनाइएको थियो। गुरुङलाई आजै विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको प्रवक्ता बोगटीले बताए।