बाराको निजगढमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु, ४ घाइते

404 पटक पढिएको

१४ फाल्गुन २०८०, सोमबार १६:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । बाराको निजगढमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अरू ४ जना घाइते भएका छन्।

निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको अस्पतालका डा।सतिश निरौलाले जानकारी दिनुभयो ।