माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

333 पटक पढिएको

१५ फाल्गुन २०८०, मंगलवार ११:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।

बैठकमा तराई-मधेश अभियान, उत्तर–दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए। माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।