तीन वटा औषधिको बिक्री वितरणमा प्रतिबन्ध

346 पटक पढिएको

१९ फाल्गुन २०८०, शनिबार १९:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा गुणस्तर न्युन पाइएपछी ती औषधिको बिक्री वितरणमा रोक लगाइएको हो।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालकाअनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी, ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट र फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा प्रतिबन्ध लगाइएको हो ।

ढकालका अनुसार ती औषधि बजारमा रहेको भएपनि तुरुन्तै फिर्ता लैजानसमेत कम्पनीलाई निर्देशन दिइसकिएको छ।