विराटनगरमा २२ वर्षीया एक स्टाफ नर्सको हत्या

270 पटक पढिएको

२ चैत्र २०८०, शुक्रबार १७:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या भएको हो।

सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको शव आफ्नै डेराको बाथरूममा फेला परेको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो।

अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दासको घाँटी,अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको दाहालले बताउनु भएको हो।