प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

278 पटक पढिएको

४ चैत्र २०८०, आईतवार १२:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको हृदयाघातबाट निधन भएको छ।

जसपाबाट समानुपातिका सांसद उनलाई घरमै हृदयाघात भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्‍याइए पनि अस्पतालले मृतक घोषणा गरेको थियो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन हुनुभएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत हुनुभएको थियो ।