सञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन सक्ने गरी जारी गरिएको निर्देशन गृहले सच्यायो

353 पटक पढिएको

९ चैत्र २०८०, शुक्रबार १०:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृह मन्त्रालयले सञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन सक्ने गरी जारी गरिएको निर्देशन सच्याएको छ।

प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई बिहीवार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख गरी मन्त्रालयले निर्देशन जारी गरेको थियो। त्यसलगत्तै पत्रकार महासंघलगायतले त्यसको विरोध गर्दै सच्याउन माग गरेको थियो।

विरोधपछि हिजो नै गृह मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टिकरण जारी गर्दै सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा उल्लेख नभएको जनाएको छ।