सुन आज तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

250 पटक पढिएको

२० चैत्र २०८०, मंगलवार १२:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। सोमबार उच्च मूल्यको रेकर्ड बनाएको सुन आज घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ थियो। जुन मूल्य हालसम्मकै उच्च हो। मंगलबार छापावाल सुन एक लाख ३१ हजार २०० रुपैयाँमा झरेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ।

सोमबार प्रतितोला तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।