माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

360 पटक पढिएको

२० चैत्र २०८०, मंगलवार १६:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ। माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए।