वैवाहिक जीवनमा बाँधिइन् गायिका एलिना चौहान
614 पटक पढिएको
काठमाडौं । गायिका एलिना चौहान वैवाहिक जीवनमा बाँधिएकी छन्। अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका गीतकारसमेत रहेका विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन्।
बुधबार झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा चलिरहेको विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त, साथीभाइ सहभागी छन्।







