पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता धादिङका टेकबहादुर तामाङको शव भेटियो

341 पटक पढिएको

६ बैशाख २०८१, बिहीबार १२:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौं ।  करिब २ साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता नेपाली युवकको शव फेला परेको छ।

सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो। उनको शव समुद्री किनारमा भेटिएको हो ।

उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला मृत्यु भएको थियो।