गृहमन्त्री लामिछाने भन्छन्, कांग्रेसले बोल्न पाउने अधिकार हनन् गर्यो

339 पटक पढिएको

२९ बैशाख २०८१, शनिबार १५:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन गरिदिएको बताउनु भएको छ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।

लामिछानेले सहकारी प्रकरणमा छानबिन समिति बनाए हुने तर संसद्मा बोल्न पाउनुपर्ने अडान दोहोराउनु भयो। उहाँले सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयासस्वरुप प्रक्रियागत काम भइरहेको उहाँले बताउनुभयो।

उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उहाँले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।