सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

326 पटक पढिएको

३ जेष्ठ २०८१, बिहीबार १६:११ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।

प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी भएको थियो यसका बीच सोडारीले विश्वासको मत पाउनुभएको हो ।