सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने

306 पटक पढिएको

१५ जेष्ठ २०८१, मंगलवार १६:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने भएको छ। अथमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने छ। ‘