गण्डकीको मुख्यमन्त्रीमा फेरि सुरेन्द्रराज पाण्डे नियुक्त

296 पटक पढिएको

१६ जेष्ठ २०८१, बुधबार १५:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।