कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सुनचाँदीको मूल्य आज घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको हो ।

आइतबार छापवाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।

आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।