बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्व ५४ करोडको बजेट

199 पटक पढिएको

सम्पादक: Dhading News

हेटौँडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शनिबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैंया अर्थात ४०.४४ प्रतिशत, पूँजिगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार अर्थात ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड अर्थात २.३२ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले मन्त्री  थपलियाले बताउनुभयो ।

विनियोजित बजेट कार्यान्वयनका लागि कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख र चालु आवको अनुमानित संचित कोष रकम र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार व्यहोर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकले चालु आर्थिक वर्षको तुलनमा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकरले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

प्रदेश सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड रुपैयाँ, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेश सरकारले सडक निर्माणका लागि मात्र ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।