चट्याङले लागेर नेत्रावती १ मा व्याउने बेलाको भैंसी ठहरै

1650 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १४ साउन २०८१ । आईतबार मध्यरातमा चट्याङले लागेर धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर १ मङ्गी टोलका चन्द्र बहादुर तामाङको घरमा भैंसी मरेको छ । चट्याङले तामाङको घरको विजुलीको मिटर बक्स, घरमा जोडेको विजुली वल्व, वायर समेत जलेर क्षती भएको छ ।

नेत्रावती डवजोङ वडा नम्बर १ का वडाअध्यक्ष ठाकुर गुरुङका अनुसार भैसी र बिद्युत्त वायर, मिटर वक्स र वल्व समेत गर्दा तामाङलाई १ लाख ५० हजार वराबरको क्षती हुन पुगेको छ । घरधनी तामाङका अनुसार भैंसी भदौमा व्याउने मिति रहेको थियो ।