पोखरा स्कुल बस दुर्घटना अपडेट: आमाछोराको निधन

573 पटक पढिएको

१४ श्रावण २०८१, सोमबार १६:२१ सम्पादक: धादिङ न्यूज

 २०८१ साउन १४ गते 

पोखरा । पोखरामा सोमबार बिहान ९ बजे विद्यार्थी लिएर मट्टीखानबाट बिरौटा आउँदै गर्दा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्‍याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो।

 आरतीका ६ वर्षे छोरा  प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।प्रिन्स युकेजीमा पढ्थे ।

एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ । विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र  प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । । उनको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।