नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

271 पटक पढिएको

सम्पादक: Dhading News

२३ श्रावण  २०८१, बुधबार

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे।

एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको केहीबेरमा दुर्घटनामा परेको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।

शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरेर प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रु:
हेलिकप्टर क्याप्टेन: अरुण मल्ल
चिनियाँ पर्यटक:
जुदाड टाङ
जी लि
जेमिङ सी
(सबै पुरुष)
यियाद वु (महिला)

 


One thought on “नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Comments are closed.