सदरमुकाम धादिङबेसीबाट बिद्यालय हिंडेका तीन बालिका सम्पर्क बिहिन

538 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२५ साउन २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीबाट तीन जना बालिका तीन दिन देखि हराईरहेका छन् । घरबाट बिद्यालय जान भनेर हिंडेका तीन बालिका सम्पर्कविहीन हुन पुगेपछि परिवारका सदस्यहरु मात्रै होइन बिद्यालय परिवार र प्रहरीलाई समेत तनाव भएको छ ।

सदरमुकाम धादिङबेशीको नीलकण्ठ बालमन्दिर माबि कक्षा ९ मा पढ्दै गरेका १४ वर्षकी रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ साउन २३ गते बुधबार बिहान १० बजे विद्यालय जान भनेर घरबाट निस्केको र त्यसपछि उनिहरु बिद्यालय समेत नगई सम्पर्क विहिन हुन पुगेको अभिभावकहरूले बताएका छन् ।

बिद्यालय पोशाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नपुगि धादिङबेशी बीचबजारमा पुगेर सपिङ गरि र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेकोे बजारको सिसिटिभि फुटेजबाट देखिएको नीलकण्ठ बालमन्दिर माविका अध्यक्ष दिपक कोईरालाले वताएका छन् ।

हराईरहेका बालिकाहरुले नजिकका साथीहरूलाइ आंफुहरु दिल्ली जान लागेको भनेको उनिहरुका साथीहरुले बताएपनि त्यस्को स्वतन्त्र पुष्टि हुन भने सकेको छैन् । तीनै जना बालिकालाई कसैले ललाई फकाइ, लोभ लालच देखाई,दुरूत्साहन वा बेचबिखन गरिएको हुन सक्ने आशंका बढेको छ ।

अध्यक्ष कोईरालाका अनुसार बिहिबारसम्म धादिङको घाटबेशी र गल्छीको लोकेशनमा यी हराईरहेका बालिकाहरूले प्रयोग गरेको मोवाइल नम्बर ट्रयाकिङ भएकोले उनिहरुलाई कसैले यतै लुकाई राखेको हुन सक्ने आशंकामा प्रहरीले खोज तलासलाई व्यापक बनाएको जनाएको छ ।
बालिकाहरूको खोजि र उद्दारमा परिवार र प्रहरीलाई सहयोग गरिदिन अध्यक्ष कोईरालाले सार्वजनिक अनुरोध गरेका छन् । खोजतलासका लागि सहयोग गरिदिन वालिकाका अभिभावक र आफन्तहरुले पनि आग्रह गरिरहेका छन् ।
अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा बालिकाहरु हराएको भन्दै खोजीका लागि निवेदन दिएका छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले वताए ।

खोजीका लागी सादा पोसाकमा समेत प्रहरी परिचालन गर्नुका साथै छिमेकी जिल्लाहरुमा समेत जानकारी गराई सहयोग मागिएको प्रनाउ मिश्रले जानकारी दिए ।
बेपत्ता बालिकाहरु तीनै जना धादिङबेशीमा आफ्नै परिवारसँग बस्दै आएका थिए ।


One thought on “सदरमुकाम धादिङबेसीबाट बिद्यालय हिंडेका तीन बालिका सम्पर्क बिहिन

Comments are closed.