खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा धादिङ ज्यामिरेका रमेश आचार्य नियुक्त

2053 पटक पढिएको

२९ श्रावण २०८१, मंगलवार ०८:३३ सम्पादक: धादिङ न्यूज

काठमाडाैँ,२९ साउन, । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामिरेका रमेश आचार्य नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा नेपाल इन्ष्टिच्युट अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी प्रा.लि. (NIAT) काे सञ्चालक समितिका अध्यक्ष आचार्यलाई सीईओमा नियुक्त गरेको हो । उद्योगमन्त्री दामोदर  भण्डारीको पहलमा आचार्य सीईओमा नियुक्त हुनुभएको हो ।नेपाली कांग्रेस निकटका रमेश आचार्यले नियुक्ति पाएको भएपनि सामाजिक सन्जालमा नेकपा एमालेका बाग्मती प्रदेश सचिवलाय सदस्य रमेश आचार्यलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

आचार्य नेपाल उद्योग वाणिज्य महासंघका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।  सीईओ नियुक्तिको प्रतिस्पर्धामा झापाका एमाले नेता चिन्तन पाठकका भाइसहित आधा दर्जन एमाले नेता प्रतिस्पर्धामा रहेका थिए ।