नेकपा एसको खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर निर्वाचित, सचिवमा गुरु प्रसाद वुर्लाकोटी पराजित

295 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं-नेकपा एकीकृत समाजवादीको खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर ,जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्।

उपाध्यक्षमा  डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मत गणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालले चाहेका व्यक्तिनै निर्वाचित भएका छन् । खुल्ला उपाध्यक्षमा निर्वाचित डा.तुलाधर धादिङका वासिन्दा हुनुहुन्छ । लामो समय नेकपा एमालेको राजनितिमा सक्रिय तुलाधर नेकपा एमाले विभाजन गरेर नेकपा एस स्थापना गर्ने मध्येका मुख्य पात्र हुन । तुलाधर माधव नेपालका निकट मानिन्छन् । एस स्थापनाको समयमा तुलाधरलाई उपमहासचिवको जिम्मेवारी दिईएको थियो ।

सचिवमा उम्मेदवारी दिएका धादिङका गुरुप्रसाद वुर्लाकोटी  पराजित भएका छन् । सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन्।