यातायात सम्पर्क टुटेको थोपलखोला कजवे पुनर्निमाण पछि चल्न थाल्यो मोटर

502 पटक पढिएको

१३ भाद्र २०८१, बिहीबार ०७:५४ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, १३ भदौ बिहीबार २०८१ । बाढीले बगाएर यातायात सम्पर्क टुटेको धादिङबेसी साङकोष सडकको थोपलखोला कजवेमा बुधबार दिउँसोबाट सवारी गुड्न थालेको छ ।बाढीले क्षती पु¥याएको कजवे पुनर्निमाण गरेगरेपछि बुधबार दिउँसो ४ वजेबाट सवारी चल्न थालेको हो । बाढीले सडक वगाएपछि मंगलबार विहानै देखि यातायात सम्पर्क टुट्दा जनजिवन निकै कष्टकर बन्न पुगेको थियो ।

भदौ १० गते राती आएको बाढीले थोपलखोलाको पुछारवजार स्थित कजवेको साङकोष तर्फको एप्रोच रोड बगाएपछि सम्पर्क टुटेको थियो ।

पक्की पुल निर्माण गर्ने तर्फ राज्यको कुनै पनि निकाय र जनप्रतिनिधिहरुले चासो नदिंदा जिल्लाको उत्तरी क्षेत्र जोड्ने मुख्य सडक नाका भएपनि बर्षौ देखि थोपलखोलामा पानी मुनीको पुलबाट मानिसहरु हिंडडुल गर्नुका साथै सवारी गुड्दै आईरहेका छन् । यहाँबाट दैनिक ५ सय भन्दा बढि साना ठूला सवारी साधन गुड्ने र एक हजार भन्दा बढी मानिस सदरमुकाम आवातजावत गर्ने गर्दछन ।

खोलामा बाढी आउनासाथ आवागमन रोकिनु सामान्य जस्तै भईसकेको थोपलखोलाको कजवेको साङकोष तर्फको एप्रोच रोड बाढीले वगाएपछि नीलकण्ठ नगरपालिकाको  पहलमा बाढीले वगाएको ठाउँ तारजाली राखेर ढुंगा राखी पहिलेकै जस्तो बनाईएको छ ।

सदरमुकाम भित्रै भएर पनि उपेक्षामा पर्दै आएको यो ठाउँमा पक्की पुल निर्माण हुन नसक्दा सदरमुकाम भित्रै भएर पनि उपेक्षामा पर्दै आएको यो ठाउँमा पक्की पुल निर्माण हुन नसक्दा जिल्लाको उत्तरी भेग तर्फ जाने सवारी साधन देखि साङकोषका स्थानीयले समेत निकै सास्ती खेप्दै आईरहेका छन् ।


BaddieHub This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!