मंगलबार बिहान चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

465 पटक पढिएको

१८ भाद्र २०८१, मंगलवार ०७:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, भदौ १८, २०८१- मंगलबार बिहान करिब ६:१५ मा उपत्यका आसपास भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।