धादिङ ,१८ भाद्र मंगलबार २०८१। मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने पृथ्वीराजमार्गको जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनामा कार चालक घाइते भएका छन्।इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन्।
थप घटनाको विवरण आउन बाँकी रहेकोइलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।