क्यानडाविरुद्ध नेपालले टस जित्यो

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,३१ भदौ २०८१ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने क्यानडाविरुद्धको यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै क्यानडाले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।


One thought on “क्यानडाविरुद्ध नेपालले टस जित्यो

  1. 🔗 You have a gift from user. Next => https://teletype.in/@bitpay/ciVZ5xVbHZc?hs=a538672b16fa3ed4daa97c4601579a1e& 🔗 says:

    zmzg7s

Leave a Reply

Your email address will not be published. Required fields are marked *