धादिङको महादेववेसीमा भेटेरान चेस प्रतियोगिता हुने

32 पटक पढिएको

सम्पादक: Dhading News

महादेववेसी (धादिङ), ३ असोज २०८१ । धादिङको महादेववेसीमा भेटेरान चेस प्रतियोगिता हुने भएको छ ।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा आगामी असोज ५ देखि ७ गते सम्म ५० वर्ष माथि उमेर समूहका खेलाडीहरु बीच राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा हुनेछ ।

छैठौं राष्ट्रिय सिनियर S50 बुद्धिचाल प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउनेछन । दोश्रो हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र सातौं हुनेले ५/५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५० बर्ष माथिका खेलाडीहरु सहभागी हुने छन् ।

यसै गरी सोही समयमा जिल्ला स्तरीय चेस प्रतियोगता पनि आयोजना गरिएको छ । धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा असोज ६ देखि ७ गते सम्म महादेबवेसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले वताउनु भयो ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

जिल्ला स्तरीय प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *