एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

48 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ४ असोज २०८१ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ।

पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेपछि उहाँले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

अध्यक्ष ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *