राष्ट्रिय प्रजातन्त्र पार्टीमा थपिए धादिङकी विना लामा सहित २० केन्द्रिय सदस्य गाउँपालिका उपाध्यक्ष हुँदै संघीय सांसद भएकी विना लामा राप्रपाको केन्द्रीय सदस्य चयन

76 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ५ असोज २०८१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले खुला प्रतिस्पर्धाबाट धादिङकी विना लामा सहित ४० वर्षमुनिका २० जना केन्द्रीय सदस्य छनौट गरेको छ।

छनौट भएका केन्द्रीय सदस्यमा तीन जना संघीय सांसद छन्। धादिङबाट प्रतिनिधि सभा सदस्य लामा, सल्यानबाट प्रतिनिधित्व गर्ने अनिशा नेपाली र पर्साबाट प्रतिनिधित्व गर्ने वीना जैसवाल केन्द्रीय सदस्य छनौट भएका हुन्। २०७९ को निर्वाचनमा तीनैजना समानुपातिक प्रणालीबाट सांसद भएका थिए।

लामा २०७४ को निर्वाचनमा धादिङको रुबीभ्याली गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्। संघीयतापछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा रुबीभ्यालीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपाले जितेको थियो। अध्यक्षमा राप्रपाका चेरुङ तामाङ विजयी भएका थिए।

पाँच वर्ष उपाध्यक्षको भूमिका निर्वाह गरेपछि लामा २०७९ मा संघीय सांसद भइन्। प्रतिनिधि सभामा राप्रपाबाट समानुपातिक सांसद लामा हाल सचेतकको भूमीका मा छिन्। उनी संसदको पूर्वाधार विकास समिति सदस्य समेत हुन्।

औपचारिक रुपमा २०७३ सालबाट राप्रपाको सक्रिय राजनीति सुरु गरेकी धादिङ रुबीभ्यालीकी लामा राजनैतिक क्षेत्रमा छोटो समयमा निरन्तर प्रगति गर्नेमा पर्दछिन् ।

राप्रपामा यस अघि धादिङका बुद्धिमान तामाङ बरिष्ठ उपाध्यक्ष, पूर्व मन्त्री ठाकुर शर्मा र परशुराम तामाङ केन्द्रिय सदस्य रहेका छन् ।

यी हुन् ४० वर्ष मुनिका २० केन्द्रीय सदस्य :

 

पुरुषतर्फ   
१) अशोक सिंह सम्राट (मार्मा, दार्चुला, सुदूरपश्चिम प्रदेश)
२) लोकेन्द्र कुँवर (कैलाली, सुदूरपश्चिम प्रदेश)
३) विनोद श्रेष्ठ (काठमाडौँ, बागमती प्रदेश)
४) अरुण गिरी (कास्की, गण्डकी प्रदेश)
५) ई. गोपीकृष्ण चौँलागाईं (सिन्धुपाल्चोक, बागमती प्रदेश)
६) शिवकुमार चौधरी (दाङ, लुम्बिनी प्रदेश)
७) रविकिरण हमाल (सुर्खेत, कर्णाली प्रदेश)
८) नवतीतकुमार मिश्र (नवलपरासी पश्चिम)
९) समीर शर्मा (काठमाडौँ, बागमती प्रदेश)
१०) डा. डेभिड थापा (कोसी, हाल यूके)

महिलातर्फ 
१) बिना लामा (धादिङ, बागमती प्रदेश)
२) वीना जैसवाल (पर्सा, मधेस प्रदेश)
३) लक्ष्मी (नानी) थापा (सिन्धुपाल्चोक, बागमती प्रदेश)
४) नाजिया खातुन मियाँ (सुनसरी, कोसी प्रदेश)
५) सजिना कार्की (ललितपुर, बागमती प्रदेश)
६) अनिशा नेपाली (सल्यान, कर्णाली प्रदेश)
७) रेजिना श्रेष्ठ (तनहुँ, गण्डकी प्रदेश)
८) दीपा श्रेष्ठ (काभ्रे, बागमती प्रदेश)
९) आश्मा कुमारी के.सी. (काठमाडौँ, बागमती प्रदेश)
१०) तारा जैसी (हुम्ला, कर्णाली प्रदेश)


Leave a Reply

Your email address will not be published. Required fields are marked *