अन्तर्राष्ट्रिय शान्ति दिवस धादिङमा दिप प्रज्वलन गरी मनाईयो

89 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,५ असोज २०८१ ।  अन्तराष्ट्रिय शान्ति दिवस  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी पुछारवजार (एमालेचोक) मा  दिप प्रज्वलन गरी मनाइएको छ।

शनिवार साँझ धादिङ सदरमुकाममा कृयाशिल नागरिक संघ संस्थाको अगुवाईमा दिप प्रज्वलनको आयोजना गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि, सरकारी कर्मचारी, पत्रकार तथा अन्य सामाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।

सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरूप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो।

अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *