नेकपा (एमाले) धादिङ-काठमाण्डौ सम्पर्क मञ्च कार्य सम्पादन मुल्याङ्कनमा तृतीय

59 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं,६ असोज २०८१ । नेकपा (एमाले) धादिङ-काठमाण्डौ सम्पर्क मञ्च बागमती प्रदेश सम्पर्क कमिटी भित्र बाट साँगठनिक गतिविधि तथा अन्य कार्य सम्पादन मुल्याङ्कनमा तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले वडादशैं, तिहार, नेपाल संवत, छठ लगायतका राष्ट्रिय पर्वहरुको अवसरमा  शुभकामना आदान-प्रदान  कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
कार्यक्रममा  देशै भरिका ७४ जिल्ला सम्पर्क मञ्च र ७ प्रदेश सम्पर्क कमिटीहरूको २०७८ देखि ८० चैत्र मसान्तसम्म गरी २ वर्षे कार्यकालको  समिक्षा एवम् मुल्यांकन गरिएको थियो । असोज ५ गते शनिवार तुलसी लाल स्मृति प्रतिठ्ठानको सभा हल च्यासलमा सम्पन्न कार्यक्रम श्याम कुमार बस्नेतको अध्यक्षता र एमाले उपाध्यक्ष तथा पूर्व मन्त्री युवराज ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो ।
शुभकामना आदानप्रदान तथा मुल्याङ्कन घोषणा कार्यक्रममा एमाले उपाध्यक्ष ज्ञवालीले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राख्नुभयो । उहाँले सेवा गरेमात्र जनताले पत्याउने बताउनुभयो । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उहाँले व्यवहारिक कुरा गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिनुभयो । “हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ ।”
कार्यक्रममा पूर्व मुख्य मन्त्री तथा एमाले उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, पूर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालवावु पण्डित लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
मुल्याङ्कनका आधारहरू राजनीतिक, सांगठानिक, वैचारिक एवम् रचनात्मक लगायतका कार्ययोजना रहेको थियो ।
मुल्याङ्कन घोषणा पछी पुरस्कार ग्रहण गर्न धादिङ-काठमाण्डौ सम्पर्क मञ्चका तत्कालीन अध्यक्ष संजिव पाण्डे, तत्कालीन सचिव तथा वर्तमान अध्यक्ष कमल थापा मगर, ईन्चार्ज उत्तम पाठक, तत्कालिन ईन्चार्ज शिशिर अर्याल लगायत कमिटीका उपलब्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *