झ्याप्ले खोलाको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा (भिडियो सहित)

294 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १३ असोज २०८१ । त्रिभुवनराजपथको झ्याप्ले खोलाको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

धादिङको धुनिबेसी नगरपालिका र काठमाण्डौंको चन्द्रागिरी नगरपालिकाको सिमानामा पर्ने झ्याप्ले खोलामा पहिरो खसेपछि शुक्रवार राती देखि सवारी आवागमन ठप्प हुन पुगेको थियो । सो पहिरो पन्छाएर आईतबार साँझ साँढे सात  बजेबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

 पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।

योसँगै काठमाडौँ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ  । अहिले पहिरोका कारण सडक अवरुद्ध नरहेको प्रहरीले जानकारी दिएको छ ।

झ्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो । र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।