बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
361 पटक पढिएको
धादिङ, २७ असोज २०८१ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक प्रभाव छ ।
साथै, स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।








SocialMediaGirls I appreciate you sharing this blog post. Thanks Again. Cool.
Hi are using WordPress for your blog platform?
I’m new to the blog world but I’m trying to get started and create my own. Do you require any
coding knowledge to make your own blog? Any help would be
really appreciated!
my webpage: agen judi slot gacor online