सकियो दशैं बिदा आज देखि खुले सरकारी कार्यालय

47 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं २९ असोज २०८१ । यस बर्षको दशैंको सार्बजनिक बिदा आज देखि सकिएको छ ।सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ ।

सरकारी कार्यालय खुले पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ ।

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *