दशैं मनाउन गाउँआएकाहरु काठमाण्डौं फर्कन थाले (भिडियो सहित)

138 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२९ असोज २०८१ । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ  फर्किनेक्रम शुरु भएको छ । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् ।

धादिङ जिल्लाको मध्य र उत्तरी भेगका गाउँवस्ती बाट पनि दशैं मनाएर काठमाण्डौं फर्कनेहरुको भीड लाग्न थालेको छ । धादिङबेसीमा मंगलबार दिनभर  गाउँबाट काठमाण्डौं फर्कनेहरुको भिड लागेको थियो ।

मंगलबारदेखि बडादशैंका लागि दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै गाउँबाट काठमाडौं फर्कनेहरुको चाप सदमुकाममा देखिएको हो । काठमाण्डौं फर्कने यात्रुको चाप बढे संगै धादिङबेसी पुछारवजार पुल्चोक क्षेत्रमा दिनभर मानिसहरुको भिड लागेको थियो ।

धादिङ जिल्लाबाट मात्रै होइन देशभरबाट काठमाण्डौं फर्कनेको भिड बढ्दै गएको र पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको चाप बढेसंगै धादिङ जिल्लाको सदरमुकाम र ग्रामीण भेगबाट साना र ठूला गरी दैनिक २ सय भन्दा बढि सवारी साधनले यात्रु लिएर काठमाण्डौ प्रवेश गर्न थालेका छन् ।

भिडियो लिंक :


Leave a Reply

Your email address will not be published. Required fields are marked *