सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

100 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं २ कात्तिक २०८१ ।  सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। उनी बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

सहकारीमार्फत सीधै लामिछानेले रकम अपचलन नगरे पनि जिबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडिआइजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरेको थियो । जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकिएको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *