रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराईने
483 पटक पढिएको
पोखरा,३ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराईने भएको छ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शुक्रवार राति नै पोखरा लगिएको थियो।
हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।







