गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे काठमाडौंबाट पक्राउ

74 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडाैं ,२७ कार्तिक २०८१ मंगलबार। गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौंको सानो भर्‍याङबाट मंगलबार पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का एसपी होविन्द्र बोगटीले पक्राउको पुष्टि गरेका छन् ।

उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।

मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उक्त घटनामा मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *