शैक्षिक तथा सामाजिक क्षेत्रमा काम गर्न ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको स्थापना
240 पटक पढिएको
धादिङ,५ मंसिर २०८१ । धादिङ जिल्लाको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा पत्रकारिता र खेलकुदको विकासमा सहयोग पु¥याउने मुख्य उद्धेश्यका साथ ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको स्थापना गरिएको छ ।
धादिङ जिल्लामा पहिलो हाईस्कूल स्थापना गरी संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका आदर्श माध्यमिक विद्यालय गजुरीका संस्थापक हेडमास्टर ठाकुर प्रसाद शर्माको सम्मानमा उहाँका बिद्यार्थीहरुले ठाकुर प्रसाद शर्मा प्रतिष्ठान स्थापना गरेर सामाजिक संस्थाका रुपमा दर्ता गराएका हुन् ।प्रतिष्ठानको मुख्य कार्यालय गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी वजारमा रहने छ ।
संस्था दर्ता ऐन २०३४ बमोजिम २०८१ मसिर ४ गते मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता नम्बर १८६० मा डा.सदानन्द कँडेल अध्यक्ष हुनु भएको ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दर्ता भएको हो । अध्यक्ष डा. कँडेल स्वतन्त्र शैक्षिक अनुसन्धान तथा लेखन कार्यमा संलग्न हुनुहुन्छ ।
एघार सदस्यिय कार्यसमितिको उपाध्यक्षमा महेन्द्रकुमार शर्मा, महासचिवमा कृष्णराज सिलवाल ,सचिवमा भवानीकुमारी उप्रेती ,कोषाध्यक्षमा शिवप्रसाद अधिकारी र सदस्यहरुमा रामशरण त्रिपाठी ,अर्जुनकुमार श्रेष्ठ ,सरस्वती खतिवडा , देवकी तिमल्सिना ,राजकुमार खरेल र लक्ष्मी गिरी रहनु भएको छ । प्रतिष्ठानको सल्लाहकारमा राजेन्द्रप्रसाद पाण्डे,रुकु कार्की, जगन्नाथ तिमल्सिना,प्रविण शर्मा र पुरुषोत्तम प्रसाद अधिकारी हुनुहुन्छ ।
धादिङको गजुरीमा २०२५ सालमा स्थापना भएको आदर्श हाईस्कुलनै जिल्लाको पहिलो माविका रुपमा चिनिन्छ । ७८ बर्षिय शर्माले आदर्श माविमा १७ बर्ष प्रधानाध्यापक पदको जिम्मेवारी सम्हालेर पेन्सन समेत नलिई स्थायी दरवन्दीको जागिर छाड्नु भएको थियो ।
जिल्लाकै पहिलो हाईस्कुलका संस्थापक,प्रधानाध्यापक एवम पूर्वमन्त्री शर्माको सम्मानका लागि गठन गरिएको प्रतिष्ठान मार्फत शैक्षिक उन्नयनका गतिविधिका साथै विभिन्न पुरस्कार स्थापना गरि हरेक बर्ष वितरण गरिने अध्यक्ष डा. कँडेलले जानकारी दिनु भयो ।
शर्माले पढाउनु भएका बिद्यार्थीहरु मध्ये डा.पुष्प कँडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राजेन्द्र पाण्डे स्थानिय विकास मन्त्री तथा वागमती प्रदेशको मुख्य मन्त्री, सुरेन्द्र पाण्डे अर्थमन्त्री, शालिकराम जमकट्टेल वागमती प्रदेशको मुख्य मन्त्री, भूमि त्रिपाठी, मायानाथ शर्मा सांसद,इन्द्र खरेल बरिष्ठ अधिबक्ता,डा.रोजनाथ कँडेल नेपाल सरकारको सहसचिव जिम्मेवारी बहन गरिसकेका छन् । शर्माका शिष्यहरु आज धेरै जना फरक फरक क्षेत्रमा स्थापित भईसकेका छन् ।
वि. सं. २००३ सालमा धादिङको ताल्ती जोगीडाँडा गाउँ (हाल बेनीघाट रोराङ गाउँपालिका वडा नं. २) मा जन्मिनु भएका शर्माले भारतको बनारसबाट संस्कृत साहित्यमा शास्त्री र त्रिचन्द्र क्याम्पसबाट २०२६ सालमा प्रथम श्रेणीमा बीए उत्तीर्ण गर्नु भएको थियो।