नयाँ राहदानी वितरणको काम ठप्प

345 पटक पढिएको

७ मंसिर २०८१, शुक्रबार २१:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ७ मंसिर २०८१ ।नयाँ राहदानी वितरणको काम ठप्प भएको छ। राहदानी विभागले सार्वजनिक सूचना जारी गरी नयाँ राहदानी बनाउने काम रोकिएको जनाएको हो।

‘राहदानीको तथ्यांक व्यवस्थापनमा केही समस्या देखा परेका कारण राहदानी विभाग, जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

विभागका अनुसार समस्या समाधान भएसँगै सेवा सुरु हुनेछ। ‘उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुन:सुरु गरिने व्यहोरासमेत अनुरोध छ,’ विभागले भनेको छ।