शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र

556 पटक पढिएको

२१ मंसिर २०८१, शुक्रबार २१:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था’ आवश्यक जानकारी तथा कार्यार्थ भन्दै मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र गरेको हो ।

यसअघि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न भन्दै पत्र पठाएको थियो । शिक्षा मन्त्रालयले गत सोमबार पठाएको पत्र अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न स्थानीय तहहरूमा ताकेता गर्दै आएको थियो । देशभरका ७५३ वटै पालिकालाई सूचना जारी गर्दै केन्द्रले शिक्षकको तलब मासिक रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले भन्दै आएको थियो ।


BWER Company is Iraq’s leading supplier of advanced weighbridge systems, offering reliable, accurate, and durable solutions for industrial and commercial needs, designed to handle heavy-duty weighing applications across various sectors.