धादिङबेँसीमा सडक नेवाः खाना उत्सव शनिबार सम्पन्न आयोजकले पु¥याउन सकेन माग अनुसार खानेकुरा

185 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी, १ पुस २०८१ ।   धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा मंसिर  २९ गते शुक्रवार देखि शुरु भएको सडक नेवाः खाना उत्सव शनिबार सम्पन्न भएको छ ।  नेवारी समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘सडकमै खाऔँ, सडकमै रमाऔँ, सडकमै कमाऔँ’ भन्ने मूल नाराका साथ“प्रथम धादिङबेसी सडक नेवा: खाना उत्सव ” आयोजना गरिएको थियो ।

 खाना उत्सव नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा झिंगु नेवाः समाज धादिङले आयोजना गरेको हो।

उत्सवका क्रममा नेवारी परिकारहरूको विशेष प्रदर्शनी र बिक्री गरिएको थियो । नेवारी समुदायका प्रसिद्ध परिकार जस्तै बारा, यमरी, छोयला, सःगती, आलु तामा, वोजी लतामारी, तथा परम्परागत नेवारी रक्सी जुँ-न लगायतका परिकारहरू खाना उत्सव मुख्य आकर्षण का रुपमा रहेका थिए ।

त्यसका साथै, नेवारी खाना पकाउने प्रतियोगिताका माध्यमबाट स्थानीय शेफ र महिलाहरूले आफ्नो पाक-कला प्रदर्शन गर्ने अवसर पाउनेछन्। स्थानीय तथा राष्ट्रियस्तरका व्यक्तिहरूको सहभागिता रहेको यो महोत्सवले सहिष्णुता र एकताको सन्देश प्रवाह गरेको आयोजकले बताएको छ ।

झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खाना उत्सवको उद्देश्य नेवारी खानाको प्रवर्द्धन गर्दै सदरमुकाम धादिङबेसीलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ। यसले नेवारी संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने तथा स्थानीय उत्पादन र उद्यमशीलतालाई आर्थिक रूपमा सबल बनाउन सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाबिन छोइला, वः लगायतका नेवारी परिकारहरूको स्वाद लिन पाइने भनिएपनि  आयोजकले उचित व्यवस्थापन गर्न नसक्दा धेरै जनाले इच्छाअनुसारको खानेकुरा पाउन नसकेको गुनासो गरेका छन् ।

शनिवार योमरी पुन्ही समेत भएकाले योमरीको स्वाद लिन मेला स्थल पुगेका अधिकांशले लाइनमा बसेर पनि योमरी किन्न नपाउँदा खिन्नता व्यक्त गरेका थिए । पहिलो प्रयास भए पनि सडक खाना उत्सवमा १५ सयभन्दा बढी मानिसहरूले अवलोकन गरेको र आगामी दिनमा अहिले देखिएका कमजोरीलाई सच्चाएर अघि बढ्ने आयोजकले जनाएको छ ।

खाना उत्सवमा सहभागीहरुको निकै उत्साहजनक सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *