सतुंगलमा कोठा भित्र बेड मुनि धादिङकी एक किशोरी मृत फेला
482 पटक पढिएको
काठमाडौं ,४ पुस २०८१ । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगलमा डेरा गरि बस्ने धादिङको एक किशोरी मृत फेला परेकी छन ।
धादिङ जिल्ला गजुरी गाउपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा डेरा गरि बस्ने १७ बर्षिय सरिता तामाङको शव फेला परेको हो ।
सतुंगल खरिबोट स्थित बिरेन्द्र श्रेष्ठको अढाई तल्ले घरको भुइतल्लाको आफ्नै कोठामा लो बेड मुनि तामाङको शव फेला परेको थानकोट प्रहरीले जानकारी दिएको हो ।
सरिता गत मंसिर २९ गते मध्य रातदेखि हराइरहेको भनि उनका दाई नबिन गुम्वा तामाङले पुष १ गते प्रहरीकोमा हुलिया सहित निबेदन दिएका थिए ।उनको खोजतलास भईरहेको अबस्थामा पुष ३ गते बुधबार दिउसो शव बरामद भएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको र सरिताको शव के कसरी बेड मुनि राखियो भन्ने बारेमा प्रहरीले बिशेष अनुसन्धान गरिरहेको बताएको छ ।
– फाईल तस्बिर