तीन वर्षीया बालिकाको आगलागीमा जलेर मृत्यु

270 पटक पढिएको

६ चैत्र २०८१, बुधबार ०६:५२ सम्पादक: धादिङ न्यूज

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा  आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो।

आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ।