आरआरको स्वबियू निर्वाचन चैत १६ गते
27 पटक पढिएको

काठमाडौं। स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ।
नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गत चैत ५ मा गर्नु पर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाए पछि स्थगित भएको थियो ।
बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।
सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।